चिनियाँ संचारमाध्यमले भन्यो : केरुङमा बाढीका कारण मानिस बेपत्ता, नेपालसँग टुट्यो कनेक्टिभिटी



बिजमाण्डू
२०८३ भदौ १० गते १३:४४ | Aug 26, 2026
चिनियाँ संचारमाध्यमले भन्यो : केरुङमा बाढीका कारण मानिस बेपत्ता, नेपालसँग टुट्यो कनेक्टिभिटी


काठमाडौं । चिनियाँ संचार माध्यमहरुले केरुङ क्षेत्रमा बाढी गएको र त्यसबाट ठूलो क्षति पुगेको जनाएको छ। केरुङ नेपाल र चीनबीच व्यापार हुने प्रमुख नाका हो।

Vigo
GBIME
Tata

आज बिहान नेपालमा तिब्बततर्फबाट आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। चिनियाँ संचारमाध्यमले भने भर्खरै मात्रै सिजाङ प्रान्त (तिब्बत)मा बाढी आएकोबारे समाचार प्रकाशन गरेको छ।

सिन्हवाले चीन र नेपाल सीमा नजिकै गएको बाढीका कारण केही मानिस बेपत्ता भएको र भौतिक क्षति पुगेको उल्लेख गरेको छ।

दक्षिणपश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित चिनियाँ नाका केरुङ नजिकै बाढी गएको सिगात्से शहरको जिरीङ काउन्टी संकट व्यवस्थापन ब्युरोले जनाएको हो।

बाढीपछि चीनतर्फबाट नाका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको सिन्हवाले लेखेको छ। बाढीका कारण सो क्षेत्रमा विद्युत सेवा र संचार सम्पर्क समेत विच्छेद भएको उल्लेख गरिएको छ।

स्थानीय अधिकारीहरुका अनुसार हाल बेपत्ता भएकाहरुको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ।

चीनले बाढीको कारणबारे केही खुलाएको छैन।