रसुवा बाढी : सेनाको दुईवटा हेलिकप्टर त्रिशुलीमा पुग्यो, क्षतिको विवरण संकलन सुरु

बिजमाण्डू
२०८३ भदौ १० गते १०:५६ | Aug 26, 2026
रसुवा बाढी : सेनाको दुईवटा हेलिकप्टर त्रिशुलीमा पुग्यो, क्षतिको विवरण संकलन सुरु


काठमाडौं । रसुवामा आएको ठूलो बाढी पछि खोज तथा उद्धारको लागि नेपाली सेनाको दुईवटा हेलिकप्टर परिचालन गरिएको छ।

GBIME
Tata

नेपाली सेनाको अनुसार हेलिकप्टर त्रिशुलीमा पुगेको छ। त्रिशुलीस्थित जिल्ला अस्पतालमा सहयोग पुर्‍याउन नेपाली सेनाको एमआइ १७ हेलिकप्टरसहित अत्यावश्यक औषधीसहित पुगेको हो।

साथै धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ। गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटाइएको छ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको सेनाले जानकारी दिइएको छ।