काठमाडौं । भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि विभिन्न सडकमार्गमा यात्रा नगर्न अनुरोध गरिएको छ।
पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न तथा त्यस क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
त्यस्तै, भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका सूचना जारी भएको छ।
रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
काठमाडौंबाट बाहिरिने सवारीलाई पनि यात्रामा सकर्तकता अपनाउन भनिएको छ।
‘काठमाडौंबाट बाहिरिने सवारीलाई अहिलेको अवस्थाबारे जानकारी दिए यात्रा नगर्न अनुरोध गरिरहेका छौं,’ काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।











