अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति

बिजमाण्डू
२०८३ भदौ ९ गते ११:२३ | Aug 25, 2026
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति


काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

GBIME
Tata

कम्पनीले चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगबाट पूर्वस्वीकृति पाएको हो। कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ छ।

कम्पनीले हकप्रद सेयरबाट उठ्ने रकममध्ये ५१ करोड रुपैयाँ सिसुवाखोला जलविद्युत आयोजना बनाउन र बाँकी ६ करोड ५० लाख रुपैयाँ बैंकको ऋण तिर्न प्रयोग गर्ने बताएको छ।