आरोपीसँग सोधपुछ गरिरहेको भिडियो भाइरल भएपछि खिच्ने प्रहरी हवल्दार समातिए



बिजमाण्डू
२०८३ भदौ ८ गते १६:१७ | Aug 24, 2026
आरोपीसँग सोधपुछ गरिरहेको भिडियो भाइरल भएपछि खिच्ने प्रहरी हवल्दार समातिए


काठमाडौं । बारामा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या अभियोगमा समातिएका आरोपी किशोरको भिडियो खिचेको आरोपमा एक जना पक्राउ परेका छन्।

Vigo
GBIME
Tata

आरोपीसँग बयान लिने क्रममा प्रहरी हबल्दराले भिडियो खिचेका थिए। त्यसपछि भिडियो सामाजिक संजालमा पोस्ट भएपछि भाइरल बनेको थियो।

अनुसन्धानको क्रममा नै रहेको बेला यसरी भिडियो पोस्ट हुँदा अनुसन्धान मात्र नभएर गोपनीयतामा समेत असर पर्ने भन्दै चर्को विरोध भएको छ।

आलोचना पछि प्रहरीले भिडियो खिचेको विषयमा अनुसन्धान सुरु गरेको छ। भिडियो खिच्ने हवल्दारलाई सोमबार नियन्त्रणमा लिइएको हो। त्यस्तै, अन्य प्रहरी अधिकारीमाथि अनुसन्धान भइरहेको छ।

पछिल्लो समय प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आरोपीसँग सोधपुछ गर्न प्रहरीले छुट्टै ‘रुम’ बनाएको हुन्छ। प्रहरीले आरोपी माथि कुनै पनि किसिमको दबाब प्रभावमा सोधपुछ गरेको छ/छैन भन्ने देखाउन सिसिक्यामरा समेत जडान भएका हुन्छन्।

तर, यस्तो अवस्थामा पनि केही व्यक्तिले अनुसन्धानमा नै रहेको विषय बाहिर ल्याउँदा अनुसन्धानमा असर पर्ने तथा अन्य नकारात्मक विषय बाहिर जाने गरेको छ।

अनुसन्धानको क्रममा प्रहरीलाई सामाजिक संजाल र सडकबाट दबाब बढ्न थालेपछि कतिपय घटनामा प्रहरी स्वयमले यस्ता भिडियो ‘रिलिज’ गर्ने गरेका छन्। कतिपय अवस्थामा गृह मन्त्रालयको आदेशमा पनि यस्ता गतिविधि हुने गर्छन्।

साउन ३१ गते घरबाट नै हराएकी बालिकाको तीन दिनपछि घर नजिकै शव फेला परेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक समेत गरेको छ। जसमा एक जना नाबालयक रहेका छन्। हाल उनैको भिडियो सामाजिक संजालमा भाइरल छ।