त्रिपुरेश्वर-थापाथली क्षेत्रमा विद्युत आपूर्ति प्रभावित, किन गइरहेको छ बिजुली झ्याप झ्याप?



बिजमाण्डू
२०८३ भदौ ८ गते १४:५४ | Aug 24, 2026
त्रिपुरेश्वर-थापाथली क्षेत्रमा विद्युत आपूर्ति प्रभावित, किन गइरहेको छ बिजुली झ्याप झ्याप?


काठमाडौं । सोमबार बिहानैदेखि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ। बिजुली जाने र आउने क्रम जारी रहँदा सर्वसाधारण मारमा परेका छन्।

Vigo
GBIME
Tata

टेकु, त्रिपुरेश्वर, थापाथली क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको हो। दिउँसो साढे १ बजे गएको बिजुली करिब साढे २ बजे आएको थियो। त्यसअघि पनि विभिन्न समयमा बत्ती जाने आउने भइरहेको सर्वसाधारणको गुनासो छ।

नेपाल विद्युत प्राधिकरणले स्यूचाटारबाट टेकु १३२ केभीको स्वीचमा आगो देखिएपछि मर्मत कार्य अघि बढाउनु परेकाले विद्युत् सेवा आउने जाने भइरहेको जनाएको छ। कुलेश्वर वितरण केन्द्रका अनुसार टेकु सबस्टेसनमा प्राविधिक समस्या आएका कारण त्यहाँबाट बिजुली वितरण हुने फिडरहरूमा आलोपालो गरेर लाइन छाड्ने काम भइरहेको छ।

यही कारणले टेकु, त्रिपुरेश्वर, थापाथली सहित अन्य विभिन्न क्षेत्रमा लाइन आउने जाने भइरहेको प्राधिकरणले जनाएको छ।

‘स्यूचाटारबाट टेकु आउने १३२ केभी फिडरमा आइसुलेटेड स्वीचमा आगो देखियो। त्यसलाई मर्मत गर्नुपर्ने भएकाले अहिले हामीले आलोपालो गरिरहेका छौं। त्यसैले बिजुली आउने जाने भइरहेको हो,’ प्राधिकरणका एक कर्मचारीले भने।