काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
पार्टी फुटतर्फ उन्मुख भइरहेका बेला शेखुरले शुक्रबार बिहान चुनदेवी पुगेर देउवासँग वार्ता गरेका हुन्। उनीहरुबीच आधा घण्टा कुराकानी भएको थियो। शेखरले पार्टीलाई एकतावद्ध बनाउने विषयमा देउवासँग कुरा गरेको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए।
पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवशेन गर्नका लागि नयाँ कार्यतालिका ल्याएपछि देउवा पक्ष त्यसविरुद्ध अदालत जाने तयारीमा छ।









