टप एण्ड क्रिकेटमा आज नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध मैदानमा उत्रिँदै नेपाली टोली



बिजमाण्डू
२०८३ भदौ ५ गते ११:५४ | Aug 21, 2026
टप एण्ड क्रिकेटमा आज नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध मैदानमा उत्रिँदै नेपाली टोली
तस्बिर : क्यान।


काठमाडौं। टप एण्ड टी-२० सिरिजमा आज नेपाल ‘ए’ले पहिलो खेल खेल्दैछ। अस्ट्रेलियाको डार्विनमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाली टोली आमनेसामने हुन लागेको हो।

Tata
GBIME

नेपाली राष्ट्रिय टोली एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहँदा अनिल शाहको कप्तानीमा नेपाल ‘ए’ले टप एण्ड क्रिकेट खेल्न लागेको हो। यो सिरिजमा अस्ट्रेलियाका क्षेत्रीय क्लबसँगै बिग ब्यास लिगका क्लबहरू र नेपाल, बंगलादेश र न्यूजिल्याण्डका ‘ए’ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’, तेस्रो खेलमा होबर्ट हरिकेन्स, चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, पाँचौँ खेलमा हैदराबाद किंग्सम्यान एकेडेमी र छैटौँ खेलमा भिक्टोरिया ११ सँग प्रतिस्पर्धा गर्नेछ।

अनिलकुमार शाहको कप्तानीमा रहेको टोलीमा तृतराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, शहाब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।