सुनको मूल्य बढेर तोलाको ३ लाख १६ हजार ७०० पुग्यो, चाँदीको भाउ पनि बढ्यो



बिजमाण्डू
२०८३ भदौ ५ गते ११:१२ | Aug 21, 2026
सुनको मूल्य बढेर तोलाको ३ लाख १६ हजार ७०० पुग्यो, चाँदीको भाउ पनि बढ्यो


काठमाडौं । आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १३० रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको लागि सुनको कारोबार मूल्य प्रति तोला  ३ लाख १६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा ९ हजार ३०० रुपैयाँ बढेर प्रति तोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला ३ लाख ४ हजार १०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य १३० रुपैयाँले बढेर प्रति तोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ८५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४५३२.५५ डलर  भएको छ। चाँदी प्रति औंस ६८.८९ डलर रहेको छ। बिहीबार सुन प्रति औंस ४४८४.६ डलर र चाँदी प्रति औंस ६६.९६ डलर थियो।