पहिरोले कटीगाउँका १४ घर जोखिममा, ११५ जनालाई सुरक्षित स्थानमा सारियो



बिजमाण्डू
२०८३ भदौ ५ गते ०९:१३ | Aug 21, 2026
पहिरोले कटीगाउँका १४ घर जोखिममा, ११५ जनालाई सुरक्षित स्थानमा सारियो
File Photo


काठमाडौं । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

Tata
GBIME

बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

उनीहरूलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ।

यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिए। उनले विस्थापितहरुको सहयोगमा जुट्न स्थानीय सामाजिक संघसंस्थालाई आह्वान गरेका छन्।