नेपाली कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, के छन् एजेण्डा?



बिजमाण्डू
२०८३ भदौ ४ गते १७:१३ | Aug 20, 2026
नेपाली कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, के छन् एजेण्डा?


काठमाडौं। नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ। तारामान गुरुङ संयोजक रहेको समितिले शुक्रबारका लागि बैठक बोलाएको हो।

Tata
GBIME

बैठक बिहान ११ बजे बस्ने समितिका सचिव दिनेश थापामगरले बताए। १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेसले अनुशासन समितिको बैठक डाकेको हो।

बैठकमा महाधिवेशनलाई असहयोग गर्नेलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गरी निर्णयमा पुग्ने बताइएको छ। कांग्रेसको संस्थापनइतरले असोज १६ देखि १९ गतेसम्मका लागि तय महाधिवेशन रोक्न प्रयास गरिरहेको छ।