काठमाडौं। माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले बिहीबार हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो।
समायोजनपछि माण्डू हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता ७६३.६४ रुपैयाँ कायम भएको छ। भोलि यही मूल्यमा सेयर कारोबार खुल्नेछ।
कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ८४० रुपैयाँमा कारोबार भएको थियो। हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १४औं र १५औं वार्षिक साधारण सभा भदौ १८ गते गर्दैछ।










