बेन्नेभिस आइसक्रिमको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल अर्थ २०२२ डा सरिशा श्रेष्ठ नियुक्त



बिजमाण्डू
२०८३ भदौ ४ गते १६:२३ | Aug 20, 2026
बेन्नेभिस आइसक्रिमको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल अर्थ २०२२ डा सरिशा श्रेष्ठ नियुक्त


काठमाडौं । फिसटेल डेरी प्रा.लि. अन्तर्गतको बेन्नेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। कम्पनीका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधान र डा. श्रेष्ठबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

Tata
GBIME

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा ‘बेस्ट इको–भिडियो अवार्ड’ समेत जितेकी श्रेष्ठ पेसाले मेडिकल डाक्टर तथा टेलिभिजन प्रस्तोता समेत हुन्।

सम्झौता अनुसार उनी बेन्नेभिसका विभिन्न प्रवर्धनात्मक गतिविधि, फोटोसुट तथा डिजिटल ब्रान्ड अभियानहरूमा सहभागी हुनेछन्

बहुआयामिक पहिचान र युवा पुस्तामाझ रहेको प्रभावका कारण डा. श्रेष्ठसँगको सहकार्यले ब्रान्ड प्रवद्र्धनमा नयाँ उचाइ थप्ने कम्पनीले विश्वास लिएको छ।

कार्यक्रममा श्रेष्ठले स्वाद, गुणस्तर र खुसीका क्षणहरू सिर्जना गर्न केन्द्रित हुँदै अघि बढिरहेको नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउनु खुसी लागेको बताइन्।