पासपोर्ट प्रकरणमा बालेनको दबाबबारे बोल्न प्रेम राईले गरे अस्वीकार, ‘यो विषयमा म धेरै गइन’



बिजमाण्डू
२०८३ भदौ ४ गते १५:०९ | Aug 20, 2026
पासपोर्ट प्रकरणमा बालेनको दबाबबारे बोल्न प्रेम राईले गरे अस्वीकार, ‘यो विषयमा म धेरै गइन’


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले दुई महिनाअघि प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयका सदस्यले दिएको दबाबबारे बोल्न अस्वीकार गरेका छन्।

Tata
GBIME

राईले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पासपोर्ट छपाइको ठेक्काका विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले आफूहरु प्रधानमन्त्री कार्यालय गएको र त्यसलाई आफूले स्वाभाविक रुपमा लिएको बताए।

‘पासपोर्टको विषयमा प्रधानमन्त्रीले छलफल गर्न बोलाउन सक्नुहुन्छ। हामी गएको हो। अभियोजन भएको हेर्न सकिन्छ। कैफियत बिना हामीले मुद्दा लगेको अवस्था छैन। यो विषयमा म धेरै गइन,’ उनले भने।

प्रधानमन्त्री बालेन र उनको सचिवालयका सदस्यले गत असार १ गते प्रमुख आयुक्त राई र अख्तियारका अन्य आयुक्तलाई प्रधानमन्त्री कार्यालयको एउटा कोठामा ७ घण्टाभन्दा बढी समय राखेर पासपोर्ट छपाइको ठेक्कामा भ्रष्टाचार मुद्दा दायर गर्न दबाब दिएका थिए।

मुद्दा दायर नगरे सेनाको शिवपुरी ब्यारेकमा लगेर थुन्ने धम्की दिएपछि अख्तियार प्रमुख राईले कर्मचारीलाई कम्प्युटरसहित बोलाएर राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज राईलाई पक्राउ गर्न लगाएका थिए। त्यसको एक सातापछि असार ८ गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

अर्यालसहितका सबैजसो प्रतिवादी धरौटी बुझाएर छुटिसकेका छन्।

प्रमुख आयुक्त राईले बोल्नुअघि समितिका अधिकांश समितिले असार १ गतेको घटनाबारे सोधेका थिए। उनीहरुले राईमाथि सरकारको दबाब स्वीकार गरेर अख्तियारलाई पंगु बनाएको आरोप समेत लगाएका थिए।

तर, राईले त्यसबाहेकका विषयमा धारणा राखेका छन्। उनले अख्तियारले भ्रष्टाचारका ठूला प्रकरणमा अनुसन्धान गरेर मुद्दा दायर गर्दै आएको भन्दै नीतिगत निर्णयमा छानबिनबारे समिति स्पष्ट हुनुपर्ने बताए। उनले संसदीय समितिले दिएका निर्देशनमध्ये ८० प्रतिशतमा छानबिन गरेर मुद्दा चलाएको राईले बताए।

‘२०७७ सालमा म आएपछि साना होइन, ठूला माछाको मुद्दा गएको छ। नीतिगत निर्णयबारे समितबाट जबसम्म स्पष्ट निर्णय हुँदैन, तबसम्म मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा अख्तियार जान सक्दैन,’ उनले भने।

उनले अख्तियारले कानुन अनुसार मात्र काम गर्ने भन्दै कतिपय प्रकरणमा तथ्य र प्रमाण जुटाउन नसकेकाले लामो समयसम्म पनि मुद्दा लान नसकेको बताए।

‘लामो समयसम्म किन अदालतमा मुद्दा गएन भन्ने छ। तथ्य र प्रमाण नै संकलन नभएकोले हो,’ उनले भने, ‘हचुवामा कुनै मुद्दा जाँदैन। सरकारी वकिलले डिफेन्स गर्न सक्ने भए जान्छ।