गोकुल बाँस्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको प्रकरण छानबिनको क्रममा छ : अख्तियार



बिजमाण्डू
२०८३ भदौ ४ गते १३:५५ | Aug 20, 2026
गोकुल बाँस्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको प्रकरण छानबिनको क्रममा छ : अख्तियार
गोकुल बाँस्कोटा। फाइल तस्वीर


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संचारमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा कमिसन मोलमोलाइ गरेको विषयमा छानबिन गरिरहेको बताएको छ।

Tata
GBIME

अख्तियारका निमित्त सचिव पदम कुमार मैनालीले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाँस्कोटाले कमिसन मोलमोलाइ गरेको विषय अनुसन्धानको क्रममा रहेको बताएका हुन्।

‘गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन मोलमोलाइ गरेको विषय अहिले विस्तृत अनुसन्धानको क्रममा नै छ,’ उनले भने।

तत्कालीन संचारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि ७० करोड कमिसन मोलमोलाई गरेको अडियो बाहिरिएपछि २०७६ फागुन ८ गते राजीनामा दिएका थिए।