कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने

बिजमाण्डू
२०७८ कात्तिक २९ गते १९:१७ | Nov 15, 2021
कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने


काठमाडौं।  यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। 

Tata
GBIME
NLIC

विभागले सोमबार एक सार्वजनिक  सूचना जारी गरेर अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात कार्यालयहरुबाट हुने दैनिक लाइसेन्स सम्बन्धी काम समेत असर परेकाले दिउँसो अनलाइन प्रणाली बन्द हुने जनाएको छ।

प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रूपमा संचालन हुने सूचनामा उल्लेख छ।

६ महिनापछि कात्तिक ८ गते प्रणाली संचालनमा ल्याइएको थियो। वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएका कारण रोकिएको थियो।

संचालनमा ल्याइए पनि प्रणालीमा समस्या आएका कारण दुईपटक सटडाउन भइसकेको छ। यो बीचमा करिब चार लाख सेवाग्राहीले अनलाइन आवेदन फारम भरेका छन्।