सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता र कर्मचारीको तलब ५ हजार बढ्यो



बिजमाण्डू
२०८३ भदौ ३ गते १७:५० | Aug 19, 2026
सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता र कर्मचारीको तलब ५ हजार बढ्यो


काठमाडौं। सरकारले सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता र कर्मचारीको मासिक तलब ५ हजार रुपैयाँ बढाएको छ।

Tata
GBIME

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको मासिक तलब ५ हजार रुपैयाँ बढाउने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

अब बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक १७ हजार, विद्यालय कर्मचारीको तलब २० हजार र सहयोगीको तलब १५ हजार रुपैयाँ पुगेको छ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी कर्मचारी र शिक्षकहरुको तलब करिब २१ प्रतिशतले बढाउँदा बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी छुटेका थिए।

यस्तै अनुदान कोटाका आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ र माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट ४८ हजार ५८ रुपैयाँ पुर्‍याइएको छ।

शिक्षक कर्मचारीको पारिश्रमिक वृद्धिको निर्णय कार्यान्वयन गर्दा सरकारलाई वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ थप दायित्व सिर्जना हुनेछ।