काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुलाई अनुशासनमा राख्न संसदीय दलको विधान संशोधन गर्ने भएको छ।
संसदीय दलको बुधबार बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदललाई सात दिनको समय दिइएको छ।
रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरुलाई अनुशासनमा राख्न र कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्नका लागि संसदीय दलको विधान संशोधन गर्ने निर्णय भएको जानकारी दिए।

‘सांसदहरुलाई सदनमा उपस्थिति हुँदै गर्दा खेरि कम्तीमा सदनको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनका लागि आवश्यकता अनुसार विधान संशोधन गर्ने कुरा भएको छ,’ उनले भने।









