मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ



बिजमाण्डू
२०८३ भदौ ३ गते १३:४७ | Aug 19, 2026
मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोग एकजना पक्राउ परेका छन्।

Tata
GBIME

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१ वर्षीय फुलमान तामाङलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी मौरिसस पठाइदिने भन्दै १ जनाबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।