काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण बिहीबारदेखि गर्ने भएको छ।
कम्पनीले भदौ ४ देखि ७ गतेसम्म टाटा कार्निभल गर्ने भएको हो। चार दिने मेलामा ग्राहकले पुराना गाडी हालै नेपालमा सार्वजनिक गरिएको नयाँ पन्च इभी र नयाँ टियागो इभिसँग साट्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले पुराना गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडी लैजान सक्नेछन्।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट तथा एसेसोरिज र होम चार्जिङ जडान निःशुल्क पाउनेछन्।









