काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई संसद् बैठकमा पूरै अवधि बसाल्न कडाइ गरे पनि उनीहरुले अटेर गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राहदानी विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा अधिकांश कुर्सी खाली देखिएका छन्।
रास्वपाले सांसदहरुको हाजिर हेर्नेदेखि बैठकबाट बीचमै निस्कनु परे फारम भर्नुपर्ने व्यवस्था गरेको थियो। रास्वपाको कडाइका बाबजुत सांसदहरु बैठकमा पूरा समय बस्न छोडेका हुन्।
यसअघि विधेयक निर्णयार्थ प्रस्तुत गर्ने बेलामा कोरम नपुगेर बैठक स्थगित भएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ जना सांसद छन्।
सत्तारुढ दलसँगै प्रतिपक्षी दलका सांसद पनि बैठकबाट बीचमै निस्कने गरेका छन्।









