सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश : ६.५२% नगद, बोनस सेयर कति?



बिजमाण्डू
२०८३ भदौ २ गते ११:१९ | Aug 18, 2026
सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश : ६.५२% नगद, बोनस सेयर कति?


काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बैंक संचालक समितिको बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०८२/८३ को सञ्चिति नाफाबाट ६.५२ प्रतिशत प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।

बैंकको साधारण सभा र राष्ट्र बैंकको स्वीकृति भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई १०.३५ प्रतिशत लाभांश वितरण गरेको थियो।