दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नयाँ शाखा टाँडीमा, मार्जिन ट्रेडिङको पनि सुविधा



बिजमाण्डू
२०८३ भदौ १ गते ११:२८ | Aug 17, 2026
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नयाँ शाखा टाँडीमा, मार्जिन ट्रेडिङको पनि सुविधा


काठमाडौं। स्टक ब्रोकर नम्बर ३३ अर्थात दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिले चितवनमा शाखा विस्तार गरेको छ।

Tata
GBIME

कम्पनीले चित्वनको रत्ननगर-२, टाँडीमा आफ्नो नयाँ शाखा कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको हो। रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले शाखा उद्‍घाटन गरेका छन्।

टाँडीमा मार्जिन ट्रेडिङको सुविधासहित सेयर कारोबार सेवा सुरु गरेको कम्पनीले जनाएको छ।

उनले दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले टाँडीमा शाखा सञ्चालनमा ल्याएसँगै आसपासका लगानीकर्तालाई सेयर किनबेचमा सहज हुने र स्थानीय आर्थिक गतिविधिलाई समेत बढावा पुग्ने विश्वास व्यक्त गरे।

कम्पनीका अध्यक्ष दिनेशराज सापकोटाले स्थानीय लगानीकर्तालाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री धितोपत्र सेवा दिने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याएएको बताए।