मौरिसस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजना प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०८३ साउन २९ गते १४:५७ | Aug 14, 2026
मौरिसस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजना प्रहरीको नियन्त्रणमा


काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

GBIME
Tata

काठमाडौं महानगरपालिका-३ बस्ने ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

उनी मौरिसस पठाइदिने भन्दै २ जनाबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।