सोल्टी होटलको नाफा १६.५१ प्रतिशत बढ्यो, कमायो ७६ करोड ११ लाख रुपैयाँ

बिजमाण्डू
२०८३ साउन २९ गते १०:५७ | Aug 14, 2026
सोल्टी होटलको नाफा १६.५१ प्रतिशत बढ्यो, कमायो ७६ करोड ११ लाख रुपैयाँ


काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा सोल्टी होटलले ७६ करोड ११ लाख रुपैयाँको खुद नाफा कमाएको छ। होटलले अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले नाफा वृद्धि गरेको हो।

GBIME
Tata

सोल्टीले अघिल्लो वर्ष ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको आम्दानी बढ्दा नाफामा सुधार आएको हो। सोल्टीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेकामा गत वर्ष ३ अर्ब १४ करोड रुपैयाँ कमाएको छ।

सोल्टी होटलको दुई आर्थिक वर्षको वित्तीय अवस्था (रुपैयाँमा)

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी११७५१५२५४०१०२१८६२६९०१५.००
रिर्टन अर्निङ रिजर्भ२१७६५६९२९०१७३८१५६६७९२५.२२
खुद नाफा७६११०६०९२६५३२७७४७११६.५१
सञ्चालन आम्दानी३१४८०९१७०२२७७३९०६५१५१३.४९
वित्तीय लागत७११५३८५३९५५३५७७९.८९
प्रति सेयर आम्दानी६.४८६.३९१.४१
प्रति सेयर नेटवर्थ२८.५२२७.०१५.५९