ङादी ग्रुप पावरको नाफा १८७.१७ प्रतिशतले वृद्धि, गत आवमा कमायो ४ करोड ९१ लाख



बिजमाण्डू
२०८३ साउन २७ गते ११:५४ | Aug 12, 2026
ङादी ग्रुप पावरको नाफा १८७.१७ प्रतिशतले वृद्धि, गत आवमा कमायो ४ करोड ९१ लाख


काठमाडौं। ङादी ग्रुप पावरले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षभन्दा १८७.१७ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

Tata
GBIME

विद्युत बिक्री आम्दानी बढ्दा र वित्तीय लागत घट्दा कम्पनीको नाफा उच्च दरमा बढेको हो। गत वर्ष विद्युत बिक्रीबाट ङादी ग्रुप पावरले १३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा २०.१ प्रतिशत धेरै हो।

कम्पनीको दुई आर्थिक वर्षको वित्तीय विवरण रुपैयाँमा

सूचक२०८२/८३२०८१/८२फरक %
खुद नाफा४९,१५०,१८०१७,११५,६१८१८७.१७
सञ्चालन आम्दानी११८,३१३,५२४९६,०२६,३१७२३.२१
विद्युत बिक्री आम्दानी१३८०५४४५९११४९४८३८५२०.१
वित्तीय लागत२९७२२२८९४३,४२२,१८३-३१.५५
प्रति सेयर आम्दानी१.२७०.४६१७६.०९
प्रति सेयर नेटवर्थ१३८.३५१६३.५५-१५.४१
स्रोत : कम्पनीको वित्तीय विवरण