काठमाडौं। खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन्।
उपभोक्तालाई प्रति सिलिण्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनले संचालन गरेको किराना पसलबाट ३ थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। रासस










