गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २०.२३ प्रतिशत



बिजमाण्डू
२०८३ साउन २१ गते ०८:३२ | Aug 6, 2026
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड रुपैयाँ नाफा, लाभांश क्षमता २०.२३ प्रतिशत


काठमाडौं। गरिमा विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५४ प्रतिशत बढी हो।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो।

बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ३ अर्ब ६१ करोड रुपैयाँ थियो।

यस्तै, खुद फि कमिसन ५१ करोड ३७ लाख रुपैयाँबाट बढेर ६२ करोड ९१ रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता २०.२३ प्रतिशत देखिन्छ।

बैंकको कर्जा ६९ अर्ब १३ कराेडबाट बढेर ७८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.६९ प्रतिशत रहेको खराब कर्जा बढेर ४.७६ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात १३.२० प्रतिशत बढेर १३.६३ प्रतिशत पुगेको छ।

गत वर्षसम्म बैंकको प्रति सेयर आम्दानी २८.०४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७७.२६ रुपैयाँ छ। कष्ट अफ फण्ड ४.८४ प्रतिशतबाट घटेर ३.५३ प्रतिशत छ।