सिद्धार्थ इक्विटी फण्ड २ को इकाई नेप्सेमा सूचीकृत, दोस्रो बजारमा बुधबारदेखि कारोबार



बिजमाण्डू
२०८३ साउन १९ गते १२:१९ | Aug 4, 2026
सिद्धार्थ इक्विटी फण्ड २ को इकाई नेप्सेमा सूचीकृत, दोस्रो बजारमा बुधबारदेखि कारोबार


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामूहिक लगानी कोष इकाई ‘सिद्धार्थ इक्विटी फण्ड २’ सूचीकृत भएको छ।

Tata
GBIME

नेप्से र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलबीच मंगलबार फण्डको इकाई सूचीकरणसम्बन्धी सम्झौता भएको छ।

प्रति इकाई अंकित मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई धितोपत्र सूचीकरण गरिएको छ। सिद्धार्थ इक्विटी फण्ड २ को इकाई दोस्रो बजारमा बुधबारदेखि कारोबार हुनेछ।