काठमाडौं। आत्मनिर्भर लघुवित्तको नाफा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा लघुवित्तको नाफा ३९.५५ प्रतिशतले वृद्धि भई ६ करोड २३ लाख रुपैयाँ पुगेको हो।
अघिल्लो वर्ष सोही अवधिमा लघुवित्तको नाफा ४ करोड ८४ लाख रुपैयाँ थियो। ब्याज आम्दानीसँगै लघुवित्तको नाफा बढेको हो।
लघुवित्तको ब्याज आम्दानी १३.१६ प्रतिशतले बढेर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १३ करोड ५७ लाख रुपैयाँ थियो।
चौथौ त्रैमाससम्ममा लघुवित्तको नेट संचालन नाफा बढेर १७ करोड ५१ लाख रुपैयाँ छ।
लघुवित्तको खराब कर्जामा समेत सुधार आएको छ। अघिल्लो वर्षको चौथो त्रैमासमा १२.८० प्रतिशत खराब कर्जा रहेकोमा घटेर १०.७८ प्रतिशतमा झरेको छ।
तर, लघुवित्तको कर्जा नोक्सानी बढेको छ। गत वर्ष असार मसान्तसम्म लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ।
नाफा बढेसँगै लघुवित्तको पुँजीकोष अनुपात १५.७३ प्रतिशत पुगेको छ। कोष लागत घटेसँगै लघुवित्तको कष्ट अफ फण्ड ८.४५ प्रतिशतमा आएको छ। अघिल्लो वर्ष सोही अवधिमा कष्ट अफ फण्ड ७.४८ प्रतिशत थियो।









