लगनखेल मालपोतमा अख्तियारको स्टिङ अपरेसन, तीन नासुसहित पाँच पक्राउ, घूसको ३ लाख बरामद

बिजमाण्डू
२०८३ साउन १६ गते १०:३७ | Aug 1, 2026
लगनखेल मालपोतमा अख्तियारको स्टिङ अपरेसन, तीन नासुसहित पाँच पक्राउ, घूसको ३ लाख बरामद


काठमाडौं। ललितपुरको लगनखेल मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्दै घूसमा लिएको तीन लाख रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने पाँचमध्ये तीन जना भूमि प्रशासन कार्यालय, लगनखेलका नायब सुब्बा छन्।

GBIME
Tata

आयोगका अनुसार नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घूस मागेको भन्ने सूचना र उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

आयोगको टोलीले शुक्रबार उनीहरूलाई सेवाग्राहीबाट घुसस्वरूप तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट नियन्त्रणमा लिइएको जनाएको छ। पक्राउका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।