दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी प्रहरी नियन्त्रणमा, ‘स्मार्ट सेलको अनुसन्धानका लागि हो’

बिजमाण्डू
२०८३ साउन १५ गते १४:१९ | Jul 31, 2026
दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी प्रहरी नियन्त्रणमा, ‘स्मार्ट सेलको अनुसन्धानका लागि हो’


काठमाडौं। स्मार्ट सेल प्रकरणमा प्रहरीले नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ।

GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले स्मार्ट सेल बिक्रीका सम्बन्धमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको हो।

‘अनुसन्धानका क्रममा नियन्त्रण लिइएको छ,’ सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जवराले भने।

भण्डारीलाई ललितपुर महानगरपालिका २३ धापाखेलबाट नियन्त्रणमा लिइएको हो।