काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा बढेको छ। चार्थिक वर्ष २०८२/८३ मा बैंकको नाफा ८६.१८ प्रतिशतले वृद्धि भई १५ करोड ४ लाख रुपैयाँ पुगेको हो।
अघिल्लो वर्ष सोही अवधिमा ८ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। ब्याज आम्दानी घटेपनि कर्जा नोक्सानी राइट ब्याक गर्दा नाफा सुधारिएको हो।
बैंकको खुद ब्याज आम्दानी २३ करोड ३४ लाख रुपैयाँ सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको ब्याज आम्दानी २३ करोड ४५ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकको सञ्चालन नाफा बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा आएको छ। पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ। यस्तो नाफा ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ।
बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ।
बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कर्जा ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट वृद्धि भई ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ।










