सेवाग्राहीको भीड बढेपछि राहदानी सेवा दुई सिफ्टमा, तोकिएको समयमा उपस्थित हुन आग्रह



बिजमाण्डू
२०८३ साउन १४ गते २१:५२ | Jul 30, 2026
सेवाग्राहीको भीड बढेपछि राहदानी सेवा दुई सिफ्टमा, तोकिएको समयमा उपस्थित हुन आग्रह


काठमाडौं। सेवाग्राहीको संख्या बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गरेको छ। विभागले बिहीबारदेखि बिहानदेखि रातिसम्म सेवा प्रदान सुरु गरेको हो।

Tata
GBIME

विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन दिने सेवाग्राहीको संख्या बढ्दैसँगै विभागले नियमित समयभन्दा थप सेवा सञ्चालन गरेको हो।

गत हप्तादेखि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) लगायत विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने सेवाग्राहीको संख्या बढेपछि विभागमा सेवाग्राहीको चाप उल्लेख्य बढेको छ।

विभागका अनुसार राहदानी आवेदन, विवरण संकलन तथा अन्य आवश्यक प्रक्रियालाई सहज र छिटो बनाउन जनशक्ति थप परिचालन गरिएको छ। विभागले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न तथा आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन पनि अनुरोध गरेको छ।

राहदानी सेवालाई सहज, सरल, छिटो र प्रभावकारी बनाउन आवश्यकता अनुसार सेवा, समय तथा व्यवस्थापनमा सुधार गर्दै जाने विभागले जनाएको छ।