काठमाडौं। शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क हटाउने मन्त्रिपरिषद्को निर्णय बल्ल राजपत्रमा प्रकाशित भएको छ।
चौतर्फी विरोधपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत घोषणा गरे अनुसार साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले समता शुल्क खारेज गर्ने निर्णय गरेकामा राजपत्रमा बल्ल प्रकाशित भएको हो।
रात्रपत्र अनुसार हालसम्म असुल गरिएको शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने निकायले भुक्तानीकर्तालाई १५ दिनभित्र अनिवार्य रूपमा फिर्ता दिनुपर्नेछ।
१५ दिनभित्र फिर्ता दिन सम्भव नभएमा सो रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ।
राजपत्रमा निर्णय प्रकाशित मिति भने ६ गतेको नै राखिएको छ। जबकि परराष्ट्र मन्त्रालय र उद्योग मन्त्रालयले बिहीबारको मितिमा प्रकाशन गरेका सूचना भने अर्थ मन्त्रालयले मुद्रण विभागको वेबसाइटमा ६ गते छापेको सूचनाभन्दा पछाडि धकेलिएका छन्।










