राजनीतिक संवाद बढाउन ओलीको सुझाव, लोकप्रियताभन्दा माथि उठ्न दलहरुलाई गरे आह्वान



बिजमाण्डू
२०८३ साउन १४ गते १७:३६ | Jul 30, 2026
राजनीतिक संवाद बढाउन ओलीको सुझाव, लोकप्रियताभन्दा माथि उठ्न दलहरुलाई गरे आह्वान


काठमाडौं । सुनसरीसँगै मधेशमा फैलिएको साम्प्रदायिक विवाद रोक्न राजनीतिक संवाद बढाउनुपर्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका छन्।

Tata
GBIME

प्रधानमन्त्री बालेन्द्र शाहले मधेशका घटना रोक्न पहल नगरेको भन्दै आलोचना गरेका ओलीले संयमता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेका छन्।

‘नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो। जनतालाई आपसमा विभाजित गर्दै अवांछित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता-कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु,’ ओलीले विज्ञप्तिमार्फत भनेका छन्।

दलहरुबीच सहकार्य अपरिहार्य भएको ओलीको भनाइ छ। शान्ति कायमका लागि लोकप्रियताभन्दा माथि उठ्नुपर्ने ओलीले बताएका छन्।

‘मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।