काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तराई मधेशमा फैलिँदो साम्प्रदायिक विवादलाई रोक्न राजनीतिक संवादलाई तीब्र बनाएका छन्।
सुनसरीको कप्तानगंज हुँदै तराईंका विभिन्न जिल्लामा हिन्दू र मुस्लिम समूदायबीच झड्प हुन थालेपछि लामिछानेले सिंहदरबारस्थिति रास्वपा संसदीय दलको कार्यालयमा तराईबाट प्रतिनिधित्व गर्ने सांसदसँग संवाद गरिरहेका छन्।
छलफलमा रवि आफैले पनि तराई जाने बारेमा सांसदहरुसँग संवाद गरिरहेका छन् भने अरु सांसदहरुलाई लामिछानेले कसरी हिंसा कम गर्ने भन्ने बारे परामर्श गरिरहेका हुन्।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले अनिवार्य रुपमा तराईका सांसदलाई उपस्थित हुन निर्देशन दिएको जानकारी दिए।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ राजनीतिक संवाद गर्न चुकिरहेका बेला लामिछानेले नै बुधवार सर्वदलीय बैठक बोलाएका थिए।










