पहिलो ओभरबाटै विकेट गुमाउन थालेको नेपाल सिरिजको चौथो खेलमा पनि पराजित



बिजमाण्डू
२०८३ साउन १३ गते २२:३० | Jul 29, 2026
पहिलो ओभरबाटै विकेट गुमाउन थालेको नेपाल सिरिजको चौथो खेलमा पनि पराजित
मैदानमा नेपाली खेलाडी। तस्बिर: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँग पराजित भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न सिरिजको आफ्नो चौथो खेल नेपाल नेदरल्याण्ड्ससँग ५७ रनले पराजित भएको हो। योसँगै नेपाल सिरिजका चारवटै खेलमा पराजित भएको छ।

Tata
GBIME

आज सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालसामू २२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाउने क्रममा डच टोलीका लागि नोह क्रोएसले सर्वाधिक ७० रन बनाउँदा कप्तान स्कट एडवार्ड्सले ५७ रनको योगदान दिए। बलिङमा करण केसीले ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा हेमन्त धामी र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले पुरानै समस्या दोहोर्‍याउँदै धराशायी बन्यो। नेपाल २ ओभर बाँकी छँदा १६८ रनमा अलआउट भयो। तेस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेखले ३८ र रोहित पौडेलले २६ रनको योगदान दिए। शीर्षक्रमका जिम्मेवार ब्याटर भुर्तेलसहित इशान पाण्डे र भीम सार्की आज पनि फ्लप रहे। बलिङमा नेदरल्याण्ड्सका केल क्लेइनले ३ विकेट लिँदा लोगान भान विक, रोएलोफ भान र जाच लिओनले समान २ विकेट लिए।

योसँगै चार खेल खेल्दा सबैमा हार ब्यहोरेको नेपालले बाँकी सबै खेलमा जित निकाले पनि शीर्ष तीनमा पुग्न सक्ने छैन।