नेदरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ बाट सन्दीप बाहिर



बिजमाण्डू
२०८३ साउन १३ गते १४:३६ | Jul 29, 2026
नेदरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ बाट सन्दीप बाहिर
टसका क्रममा नेपाल र नेदरल्याण्ड्सका कप्तान। तस्बिर: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपषालले टस जितेर पहिला फिल्डिङको निर्णय गरेको हो।

Tata
GBIME

घरेलु टोली विरुद्धको खेलमा नेपालले अघिल्लो खेलको भन्दा दुई परिवर्तन गरेको छ। पेसर सोमपाल कामीको स्थान हेमन्त धामीले लिएका छन्। त्यस्तै, स्टार स्पिनर सन्दीप लामिछानेको स्थान ललित राजवंशीले लिएका छन्। आज पनि नेपाली टोली ब्याटिङ हेभी छ जसमा स्पीनमा राजवंशीमाथि टोली निर्भर हुनेछ।

जारी सिरिजको तीन खेलमध्ये सबैमा पराजित नेपाल आज अन्तिम खेलबाट सान्त्वना जितको खोजीमा हुनेछ। आज जित निकाले नेपालले पाँचौँ स्थानको नामिबियासँग अंक बराबरी गर्नेछ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, हेमन्त धामी, करण केसी, ललित राजवंशी