अस्पतालहरूमा ओपीडी बन्द जारी रहने, वार्ता टोलीमाथि सिडिओ र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप



बिजमाण्डू
२०८३ साउन १२ गते २२:४८ | Jul 28, 2026
अस्पतालहरूमा ओपीडी बन्द जारी रहने, वार्ता टोलीमाथि सिडिओ र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप


काठमाडौं। चिकित्सकहरुो विरोधका कारण अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द जारी रहने भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार पनि आकस्मिक बाहेकका सेवा बन्द थिए।

Tata
GBIME

वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा संघले आन्दोलनका कार्यक्रम गर्दै आएको छ। विरोध कार्यक्रम जारी रहने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघले घटनाको चार दिनसम्म आक्रमणकारीमाथि कुनै पनि कारबाहीको प्रक्रिया सुरु नभएकोमा आपत्ति जनाएको छ। यस्तै, वार्तामा बसेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

ओपीडी बन्दको निर्णय गरेको संघले बुधबार उपत्यकामा रहेका सबै चिकित्सकहरूलाई माइतीघरमा विरोध प्रदर्शनमा भेला हुन पनि अपिल गरेको छ।