काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले क्षेत्र तोकेर आज साढे ३ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुलसम्म र उत्तर र पश्चिममा महेन्द्र राजमार्गदेखिको २०० मिटर क्षेत्रसम्म कर्फ्यू जारी गरिएको हो।
सुनसरीमा केही दिन अघि दुई समुदायबीच झडप भएपछि गोली लागेर एकजनाको मृत्यु भएको थियो। त्यसपछि सुनसरीसहित मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन, तोडफोड, आगजनी भइरहेको छ।

यसअघि प्रशासनले बिहान अर्को सूचनामा पनि ठाउँ तोकेर कर्फ्यू आदेश जारी गरेको थियो।











