हिमालय एयरलाइन्सले ओएचसीएचआरलाई भन्यो- उमेरका आधारमा यात्रुमाथि भेदभाव हुँदैन



बिजमाण्डू
२०८३ साउन १२ गते १५:४७ | Jul 28, 2026
हिमालय एयरलाइन्सले ओएचसीएचआरलाई भन्यो- उमेरका आधारमा यात्रुमाथि भेदभाव हुँदैन


काठमाडौं। ज्येष्ठ नागरिकलाई सहजरुपमा हवाई सेवा दिने विषयमा संयुक्त राष्ट्रसंघीय निकाय (ओएचसीएचआर) र अन्तर्राष्ट्रिय उड्डयन नवप्रवर्तन संगठनका प्रतिनिधिले हिमालय एयरलाइन्ससँग छलफल गरेका छन्।

Tata
GBIME

दुई संस्थाका प्रतिनिधि ज्येष्ठ नागरिकले हवाइ यात्रा गर्दा हुन सक्ने कठिनाई हटाउने सम्बन्धमा एयरलाइन्सको कार्यालयमा पुगेर छलफल गरेका हुन्।

छलफलका क्रममा एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो।

ज्येष्ठ नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज र पहुँचयोग्य बनाउनका लागि अवलम्बन गर्न सकिने उपायबारे छलफल भएको एयरलाइन्सले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघीय प्रतिनिधि डा. चित्रलेखा मास्सीले ज्येष्ठ नागरिकका अधिकार र विश्वभर अपनाइएका अभ्यासबारे अवगत गराएकी थिइन्।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीले उमेरका आधारमा यात्रुलाई भेदभाव नगर्ने बताए। ‘हामी उमेरका आधारमा कसैलाई पनि भेदभाव जगरी हरेक यात्रुले सम्मानजनक र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौं,’ उनले भने।