चापागाइँले राजीनामा दिएपछि नेप्सेबाट नागरिक लगानी कोषको सञ्चालक समितिमा सुवेदी



बिजमाण्डू
२०८३ साउन १० गते १२:१७ | Jul 26, 2026
चापागाइँले राजीनामा दिएपछि नेप्सेबाट नागरिक लगानी कोषको सञ्चालक समितिमा सुवेदी


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले निमित्त प्रमुख कार्यकारी अधिकृत लिलाधर सुवेदीलाई नागरिक लगानी कोषमा सञ्चालकका रुपमा पठाएको छ।

Tata
GBIME

सुवेदीले साउन ७ गते बसेको कोषको सञ्चालक समिति बैठकमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

सीइओ चिरञ्जिवी चापागाइँले असार २२ गते राजीनामा दिएपछि नेप्सेले त्यसको भोलिपल्ट सुवेदीलाई कोषको सञ्चालकका रुपमा पठाउने निर्णय गरेको थियो।