नेपालको फेरि निराशाजनक ब्याटिङ, लगातार दोस्रो खेलमा १५७ रनमा अलआउट



बिजमाण्डू
२०८३ साउन ७ गते १८:१८ | Jul 23, 2026
नेपालको फेरि निराशाजनक ब्याटिङ, लगातार दोस्रो खेलमा १५७ रनमा अलआउट
नेपाली खेलाडी। फाइल फोटो: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज जारी खेलमा नेदरल्याण्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै १५७ रनमा अलआउट भएको हो। यसअघि पहिलो खेलमा पनि नामिबियासँग १५७ रनमा अलआउट भएको नेपाल ८ विकेटले पराजित भएको थियो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४४.४ ओभरमा अलआउट हुँदा सर्वाधिक रन आरिफ शेखको नाममा रह्यो। कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डेजस्ता शीर्ष क्रमका ब्याटर आज पनि फ्लप हुँदा नेपालको सुरुवात अत्यन्तै कमजोर भएको थियो।

नेपालले ११.५ ओभरमा ४ विकेट गुमाएर मात्रै ४२ रन बनाएको थियो। नेपालको इनिङ्स उकास्न आरिफ शेखले संयमित ब्याटिङ गरे। उनले सर्वाधिक ४१ रन बनाउँदा गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए।

बलिङमा नेदरल्याण्ड्सका एलेक्स रोय र रोएलोफ भान मेर्वीले समान ३ विकेट लिँदा लोगान भान विकले २ तथा केल क्लिइनले १ विकेट लिए।

नेदरल्याण्ड्स जवाफी ब्याटीङमा उत्रिँदैछ।