काभा मेन्स भलिबलमा नेपालको लगातार दोस्रो हार, पाँचौँ सेटमा श्रीलंले मार्‍यो बाजी



बिजमाण्डू
२०८३ साउन ७ गते १३:५१ | Jul 23, 2026
काभा मेन्स भलिबलमा नेपालको लगातार दोस्रो हार, पाँचौँ सेटमा श्रीलंले मार्‍यो बाजी
प्रतिस्पर्धामा नेपाली खेलाडी। Photo: Screenshot/CavaMedia


काठमाडौं। काभा मेन्स भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलंकासँग ३-२ को सेटमा पराजित भएको हो।

Tata
GBIME

पहिलो सेटमा २५-१८ ले श्रीलंकाले बाजी मारेको थियो। दोस्रो र तेस्रो सेटमा भने नेपालले पुनरागमन गर्दै जितको आशा देखाएको थियो। दोस्रो सेट २५-२१ र २५-१९ ले नेपालले आफ्नो पक्षमा ल्यायो।

चौथो सेटमा भने २५-२१ ले जित निकाल्दै श्रीलंकाले पुनरागमन गर्दा खेल पाँचौँ सेटसम्म लम्बियो। पाँचौँ सेटमा पनि श्रीलंकाले १५-१० ले जित हात पार्दा नेपाल निराश बन्न पुग्यो।

यसअघि पहिलो खेलमा नेपाल काजकिस्तानसँग पनि ३-२ को सेटमा पराजित भएको थियो।

काभा मेन्स भलिबल च्याम्पियनसिपमा ६ टोली प्रतिस्पर्धामा छन्। नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान र श्रीलंका छन्। राउण्ड रोबिनमा हुने खेलको शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

लगातार २ खेलमा हार ब्यहोरेको नेपाल अब दबाबमा परेको छ। शीर्ष स्थानको टोलीले चौथो तथा दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग सेमिफाइनलमा खेल्ने छन्।