बैंककबाट काठमाडौं ओर्लिएका दुई भारतीय महिलाको सुटकेसबाट ८ किलो थाइ गाँजा बरामद



बिजमाण्डू
२०८३ साउन ७ गते १२:२८ | Jul 23, 2026
बैंककबाट काठमाडौं ओर्लिएका दुई भारतीय महिलाको सुटकेसबाट ८ किलो थाइ गाँजा बरामद


काठमाडौं। थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौंको उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका दुई भारतीय महिला पक्राउ परेका छन्। उनीहरुको सुटकेसमा ८ केजी थाइ गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

Tata
GBIME

पक्राउ पर्नेमा भारत मणिपुरका २० वर्षीय मोनादेवी लङजम र २३ वर्षीया ओइनाम एली छन्। उनीहरु बुधबार राति थाइ एयरवेजको उडान नम्बर टीजी ३०९ बाट काठमाडौं अवतरण भएका थिए।

विमानस्थलमा जाँचका क्रममा सुटकेसमा लुकाइछिपाइ ल्याएको अवस्थामा गाँजा फेला परेको हो। गाँजा भेटिएपछि दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।