शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ, बैंकिङ कसुर मुद्दामा अदालतमा हाजिर गराइयो

बिजमाण्डू
२०८३ साउन ६ गते १७:३५ | Jul 22, 2026
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ, बैंकिङ कसुर मुद्दामा अदालतमा हाजिर गराइयो


काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले बुधबार उनलाई डिल्लीबजारबाट पक्राउ गरेको हो।

GBIME
Tata

विवादित व्यवसायी दीपक भट्ट जोडिएको बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका क्रममा उनलाई उच्च अदालतको आदेशमा नियन्त्रणमा लिइएको हो।

उनी विरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनमा मुद्दा दायर रहेको छ।

‘अदालतमा फरार रहेकाले पक्राउ गरेर अदालतमा नै पेस गरेका छौं,’सीआइबी स्रोतले भन्यो।

उनका जेठा छोरा सुलभ अग्रवाल अहिले सम्पत्ति शुद्दिकरणको मुद्दामा पुर्पक्षको लागि हिरासतमा छन्। त्यस्तै, उनी विरुद्ध धितो पत्र ऐन, बीमा र बैंकिङ कसुरको मुद्दा पनि विचाराधीन रहेको छ।

शंकर अग्रवाल गत चैतमा पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा समातिएका थिए। उनी हाजिरी जमानीमा छुटेका थिए।