काठमाडौं। सीइडीबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा अविनाश सिलवाल नियुक्ति भएका छन्। कम्पनीको सञ्चालक समिति बैठकले संगीता रौनियारको ठाउँमा सिलवाललाई सञ्चालक नियुक्त गरेको हो।
सञ्चालक समितिले सोमबारदेखि लागू हुने गरी सिलवाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। सीइडीबी होल्डिङ्स इन्भेष्टमेन्ट कम्पनी हो।
यसले जलविद्युत क्षेत्रका विभिन्न प्रोजेक्टमा लगानी गर्दै आएको छ।










