बिजुलीमा भ्याट उठाउन बिलिङ सफ्टवेयर अपडेट, विद्युत प्राधिकरण भ्याटमा दर्ता हुँदै



बिजमाण्डू
२०८३ साउन १ गते १६:४५ | Jul 17, 2026
बिजुलीमा भ्याट उठाउन बिलिङ सफ्टवेयर अपडेट, विद्युत प्राधिकरण भ्याटमा दर्ता हुँदै


काठमाडौं। नेपाल विद्युत प्राधिकरण मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने भएको छ। सरकारले बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहकलाई भ्याटको दायरामा ल्याएसँगै प्राधिकरणले भ्याटमा दर्ताको प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME

प्राधिकरण सञ्चालक समितिको बिहीबार बसेको बैठकले भ्याटमा दर्ता हुने निर्णय गरेको छ। बैठकले यससम्बन्धी सम्पूर्ण काम अगाडि बढाउने अख्तियारी प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई दिएको छ।

‘ग्राहकहरूलाई भ्याट लाग्ने भएपछि हामी पनि भ्याटमा जानुपर्ने देखियो। त्यसैले बिहीबार बैठकबाट भ्याटमा दर्ता गर्ने निर्णय गर्दै यसको सम्पूर्ण अख्तियारी एमडीलाई सुम्पिएका छौं,’ प्राधिकरणका एक सञ्चालकले भने।

बजेटमा गरिएको व्यवस्था अनुसार ५० युनिटभन्दा बढी खपत गर्ने गार्हस्थ (घरायसी) ग्राहकलाई ५ प्रतिशत भ्याट लाग्ने छ। त्यसबाहेका अन्य ग्राहकलाई १३ प्रतिशत भ्याट लाग्ने छ।

प्राधिकरणले भ्याट कार्यान्वयनका लागि बिलिङ सफ्टवेयर परिमार्जन लगायत सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जनाएको छ।