एफएनसीसीआईको रोजगारदाता परिषदले पायो पूर्णता, उपसभापतिमा बाबुकाजी कार्की मनोनित



बिजमाण्डू
२०८३ असार ३२ गते २०:२० | Jul 16, 2026
एफएनसीसीआईको रोजगारदाता परिषदले पायो पूर्णता, उपसभापतिमा बाबुकाजी कार्की मनोनित


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदले पूर्णता पाएको छ। महासंघको कार्यालय टेकुमा भएको पहिलो बैठकले रोजगारदाता परिषदका सभापति प्रवलजंग पाण्डेको सभापतित्वमा गठित सदस्यलाई मनोनयनपत्र हस्तान्तरण गरिएको छ।

Tata
GBIME

परिषदको उपसभापतिमा बाबुकाजी कार्की मनोनित भएका छन्। मनोनयनपत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतको तुलनामा औद्योगिक श्रम सम्वन्ध सकारात्मक बनेको बताए।

बैठकले परिषदको दीर्घकालिन रणनीति निर्माण, वार्षिक कार्ययोजना तर्जुमा, श्रम तथा रोजगार सम्वन्धि नीति पैरवी, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय रोजगारदाता संगठनसँगको सहकार्य लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको छ। सभापति पाण्डेले परिषदलाई सरकार, श्रमिक संगठन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्यमा प्रभावकारी बनाउने प्रतिवद्धता जनाए।